भान गालले दिए राजिनामा

भान गालले दिए राजिनामा

केन्द्रबिन्दु
0
Shares

नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनासँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक गालले पद त्यागको घोषणा गरेका हुन् ।

तेस्रो पटक नेदरल्यान्ड्सको जिम्मेवारी सम्हालेका भान गालले टोलीलाई क्वाटरफाइनलभन्दा अघि बढाउन सकेन । भान गालले पछिल्लोपटक ४ अगस्ट २०२१ मा टोलीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा नेदरल्यान्ड्सले २० खेल खेल्दा १४ जित र ६ बराबरीको नतिजा निकालेको छ ।

आफ्नो पद त्याग्दै ७१ वर्षीय भान गालले डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै उनले खेलाडीप्रति गर्व गरेका छन् । प्रशिक्षक गालले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको र उनीहरूसँग आफूले गर्विलो क्षण बिताएको बताएका छन् । भान गालले पहिलोपटक सन् २००० मा नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक बनेका थिए । त्यसबेला उनले ३० नोभेम्वर २००१ सम्म टोलीको प्रशिक्षण सम्हाल्दा १५ खेलमा ९ जित, ४ बराबरी र २ हारको नतिजा निकालेको थियो ।

भान गालले दोस्रोपटक २०१२ देखि २०१४ सम्म डच टोलीको प्रशिक्षण सम्हालेका थिए । त्यसबेला २९ खेलमा १८ जित, ९ बराबरी र २ हारको नतिजा निकालेको थियो । त्यसबेला पनि नेदरल्यान्ड्स २०१४ को विश्वकपमा अर्जेन्टिनासँग नै टाइब्रेकरमा पराजित भएको थियो । भान गालले क्लब फुटबलमा आयाक्स, बार्सिलोना, एजेट, बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हालिसकेका छन् ।

रोमञ्चक र तनावपूर्ण बनेको खेलमा निर्धारित समयमा २–२ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा लम्बिदा अर्जेन्टिना ४–३ ले विजयी हुन सफल भयो ।

Logo