राजनीतिक समूहका मुद्दा फिर्तासम्बन्धी अध्यादेश तत्काल फिर्ता हुनुपर्छः रवि लामिछाने

राजनीतिक समूहका मुद्दा फिर्तासम्बन्धी अध्यादेश तत्काल फिर्ता हुनुपर्छः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् । 

सरकारले नयाँ संसदको अधिकार मिच्ने प्रयास गरेको भन्दै उनले सरकारको यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता? ३ हप्ता? त्यस्तो के आपतकाल लागेको थियो र १–२ हप्ता पनि कुर्न नसकिने?,’ सभापति लामिछानेले फेसबुकमा लेख्दै प्रश्न गरेका छन् । 

अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको भन्दै तत्काल फिर्ता हुनुपर्ने उनको भनाइ छ । सरकारले रेशम चौधरी लगायतकालाई आममाफी दिन मिल्ने गरी हिजो अध्यादेश ल्याउने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । 

Logo