घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

आज सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी १४ सय रुपैयाँ कायम रहेको थियो । 

Logo