आगो ताप्ने क्रममा जलेर पाल्पामा एक वृद्धको मृत्यु

आगो ताप्ने क्रममा जलेर पाल्पामा एक वृद्धको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने ७५ वर्षीय खिमबहादुर विक रहेका छन् ।

रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo