कतारबाट उडे १५२ जना नेपाली , नयाँ उडान तालिका भने अनिश्चित

कतारबाट उडे १५२ जना नेपाली , नयाँ उडान तालिका भने अनिश्चित

केन्द्रबिन्दु
0
Shares

दोहा कतार ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड १९ का कारणबाट प्रवासमा असहज परिस्थितिमा रहेका नागरिकलाई स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” तथा राजदूतावासले जारी गरेको फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराई प्राथमिकता अनुरूप दोहाबाट काठमाडौंका लागि उडानहरू भई रहेका छन् ।

यसै क्रममा नेपाल एयरलाईन्सले २९ औँ सहजिकरण उडान गरेको छ । एयरलाइन्सको एनए २३९२ को उडानबाट १२ महिला सहित १५२ जना नेपाल फर्किएको जानकारी नेपाली दूतावासका श्रम सहचारी अनुज गौतमले दिएका छन् । विमान साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने समय तालिका छ।

नेपाल प्रस्थान गर्ने यात्रुहरूको यात्रा सहजिकरण तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो । कतारबाट कुल ५,२०२ जनासहित ४६ वटा शव नेपाल पुगिसकेका छन् । नेपाल तथा हिमालयन एयरलाईन्सले संयुक्त रूपमा चार्टर उडान गर्दै आए पनि थप उडान कहिले हुने बारे अनिश्चितता बढेको छ । कोरोना तथा विभिन्न कारणले कतारमा रोजगारी गुमाउने नेपालीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।

Skip This
Skip This
Logo