प्रि–ओपन सेसनमा नेप्से सूचकमा शून्य दशमलव ९० अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से सूचकमा शून्य दशमलव ९० अंकले उकालो

केन्द्रबिन्दु
0
Shares

प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो लागेको छ ।

यससँगै सूचक १९००.६० विन्दुमा आएको छ । बुधबार बिहान ११ बजेसम्म १५ कम्पनीको तीन लाख ३४ हजार ५६७ रुपैयाँको सेयर कारोबार भएको छ । यसबेलासम्म कुल ९८१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीमा उकलो लागेको छ भने दुईको मूल्य घटेको छ र एक कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरुमा पाँचवटा कम्पनीमा सामान्य वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

Logo