दाहाल भन्छन्, ‘गठबन्धनकै सरकार बन्छ तर नेतृत्व कसले गर्छ भन्ने छलफल भएको छैन’

दाहाल भन्छन्, ‘गठबन्धनकै सरकार बन्छ तर नेतृत्व कसले गर्छ भन्ने छलफल भएको छैन’

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने बताएका छन् । 

अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै आवश्वक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने उनले बताए । आफ्नो जन्मठाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा आएका दाहालले बुधबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कांग्रेस दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने र आइपरे माओवादी सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने दाहालले बताएका बैठकमा सहभागी एक माओवादी नेताले बताए ।

 

Logo