आज पनि ओरालो लाग्यो सेयर बजार

आज पनि ओरालो लाग्यो सेयर बजार

केन्द्रबिन्दु
0
Shares

सेयर बजार बुधबार पनि ओरालोे लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले ओरालो लागेर १८९७.०८ विन्दुमा आएर रोकिएको छ। मंगलबार नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा रोकिएको थियो।

बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१७ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ८१ कम्पनीमम वृद्धि भएको र १०८ कम्पनीमा ओरालो लागेसँगै १७ कम्पनी स्थिर छ ।

कुल २४६ कम्पनीको कारोबारमा २० लाख ८७ हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। यसको ५ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ।

त्यस्तै दोस्रोमा कृषि विकास बैंक र तेस्रोमा नविल बैंकको कारोबार भएको छ।

यता, सिवाइसियलको र इस्टर्न हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ। बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये ५ उपसूचकबाहेक सबै उपसूचकमा ओरालोे लागेको छ।

Logo