चीनले बेलायतका ६ कूटनीतिज्ञलाई बर्खास्त गरेको छ ।
उनीहरूलाई हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप लागेको छ । म्यानचेस्टरमा रहेको चिनिया वाणिज्य दूतावासभित्र प्रजातन्त्र समर्थक हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोपमा काउन्सिल जनरल र अन्य पाँच कूटनीतिज्ञलाई चिनिया सरकारले हटाएको बेलायतका विदेशसचिव जेम्स क्लेभरलीले जानकारी दिए ।
आफूहरुकै अनुरोधपछि चीन सरकारले काउन्सिल जनरललगायत बेलायती ती अधिकारीलाई हटाएको क्लेभरलीले जनाए । काउन्सिल जनरल जेङ शिउआन बेलायत फर्किइसकेका छन् र अरु पनि फर्कने तयारीमा रहेको बीबीसीले जनाएको छ ।





























प्रतिक्रिया