सर्लाहीको रामनगर गाउँपालिका ६ मा एक सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार भएको छ ।
गोली लागेर सोही गाउँपालिका ४ का ३० वर्षीय सुरेश साह घाइते भएका हुन् । साह काभ्रेपलान्चोक १५ नम्वर गणमा कार्यरत छन् । घर आएका बेला उनीमाथि गोली प्रहार भएको सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए । साहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । साहसहित चार जना सँगै खाजा खाइरहेका बेला अचानक सोही समूहका व्यक्तिले उनीमाथि गोली चलाएको डिएसपी यादवले बताए । २ जना फरार भएका छन् भने रामप्रवेश साहलाई नियन्त्रणमा लिएको डिएसपी यादवले बताए ।
सशस्त्र प्रहरी जवान साहले चिनजानकै व्यक्तिलाई ४ लाख रुपैया दिएको र सो रुपैया लिन उनी आएका थिए । पैसाकै विषयमा विवादपछि गोली हानेको हुनसक्ने डिएसपी यादवको भनाई छ ।





























प्रतिक्रिया