व्यवसायीका बैंकिङ र वित्तिय समस्या पहिलो प्राथमिकतामाः अध्यक्ष पराजुली

व्यवसायीका बैंकिङ र वित्तिय समस्या पहिलो प्राथमिकतामाः अध्यक्ष पराजुली

केन्द्रबिन्दु
0
Shares

साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन भएका छन् । 

विराटनगरमा शुक्रवार राति भएको महासंघको १९औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्बिरोध निर्वाचित गरेको हो । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताएका उनले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए । 

अध्यक्ष पराजुलीले व्यवसायीहरुका बैंकिङ र वित्तिय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।  

महासंघको सहअध्यक्षमा इनु पौडेल, वरिष्ठ उपाध्यक्षमा रामकेशर बिष्ट लगायतका २७ जना पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् । 
 

Logo