कतार विश्वकपको फाइनल आजः अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा

कतार विश्वकपको फाइनल आजः अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप–२०२२ को फाइनल खेल आइतबार राति हुँदैछ । 

राति पौने ९ बजे कतारको अल दायनस्थित लुसैल स्टेडियममा सुरु हुने खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन् । क्रोएसियालाई हराएर अर्जेन्टिना र मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो ।

समूह चरणको पहिलो खेलमा साउदी अरेबीयासँग अर्जेन्टिना २–१ पराजित भयो । त्यसबेला अर्जेन्टिना फाइनलमा पुग्नेमा धेरैलाई आशंका थियो । तर बाँकी खेलमा लोभलाग्दो प्रदर्शन गर्दै अर्जेन्टिना पाचौं पटक फाइनल खेल्दैछ । दक्षिण अमेरिकी च्याम्पियन टोली अब एक खेलमा जित निकाले ३६ वर्षपछि विश्व च्याम्पियन बन्ने पक्का छ ।

नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो । सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो उपाधि भित्र्याउन भने असफल भयो ।

डिएगो म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा दोस्रो पटक उपाधि जित्दा अर्जेन्टिनाले जम्मा १२ गोल गरेको थियो । त्यसको २४ वर्षपछि लियोनल मेस्सीको आडमा अर्जेन्टिनाले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा स्थान बनायो । यस संस्करण पनि तगारो जर्मनी नै बन्यो । अतिरिक्त समयमा मारियो गोट्जेले गोल गरेपछि अर्जेन्टिना स्तब्ध बन्यो । उपविजेतामा चित्त बुझाएर घर फर्कियो । तेस्रो उपाधिको सपना पूरा भएन ।

सन् २०१८ मा प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना विश्वकप यात्राबाट बाहिरिएको थियो । त्यसको चार वर्षपछि अर्जेन्टिना साविक विजेता फ्रान्ससँग पुरानो बदला लिदै विश्वकप जित्ने योजनामा छ । यस टिमले ६ खेलमा १२ गोल गरिसकेको छ भने पाँच गोल खाएको छ । 

फ्रान्स लगातार दोस्रो पटक विश्वकप च्याम्पियन बन्ने तयारीमा छ । अर्जेन्टिनालाई पराजित गर्न सके फ्रान्स ६० वर्षपछि लगातार विश्वकप उपाधि जित्ने पहिलो टोली बन्नेछ । ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार दुई विश्वकप उपाधि जितेको थियो । १९६६ मा इङल्यान्डले जित्यो भने १९७० मा ब्राजिल तेस्रो पटक च्याम्पियन बन्यो । ६० वर्ष भयो९ कुनै पनि टिमले उपाधि रक्षा गर्न सकेका छैनन् । १९९८ मा पनि ब्राजिल लगातार दोस्रो पटक विश्व विजेता बन्ने लक्ष्यमा थियो । 

२००२ मा साबिक विजेता फ्रान्स समूह चरणबाटै बाहिरियो । फाइनलमा जर्मनीलाई हराएर ब्राजिलले कीर्तिमानी पाँचौँ पटक विश्वकप उपाधि जितेको थियो । ब्राजिल त्यसयता फाइनल पनि पुग्न सकेको छैन । हिलो पटक च्याम्पियन भएपछि फ्रान्सले पाँच विश्वकपमा दुई पटक फाइनलमा स्थान बनायो । २००६ मा चुकेको फ्रान्सले २०१८ मा क्रोएसियालाई ४-२ ले हराउँदै दोस्रो पटक उपाधि जित्यो । यो पटक समूह विजेताका रूपमा नक आउट पुगेको फ्रान्सले पोल्यान्ड, क्वार्टरफाइनलमा इङल्यान्ड र सेमीफाइनलमा मोरक्कोलाई हराएर फाइनलमा पुगेको हो । यो संस्करणको विश्वकपमा फ्रान्सले १३ गोल गर्दा पाँच गोल खाएको छ । 

Logo