राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको लागि आह्वान, दिइन् ७ दिनको समय

राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको लागि आह्वान, दिइन् ७ दिनको समय

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । 

आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि दावी पेश गर्न आह्वान गरेकी हुन् । त्यसका लागि उनले सात दिनको समय दिएकी छन् । 

‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९।९।१० गते आइतबार १७ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति कार्यालयको विज्ञप्ति-

Skip This
Skip This
Logo