फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

केन्द्रबिन्दु
3
Shares

अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । आइतबार राति लुशेल रंगशालामा भएको फाइनल खेलमा फ्रान्समाथि पेनाल्टी सुटआउटमा ४-२ को जित निकाल्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप च्याम्पियन बनेको हो । 

May be an image of 2 people and indoor

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो । उसले ३६ वर्षपछि तेश्रो विश्वकप उपाधि उचालेको हो । 

निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।

अर्जेन्टिनाका लागि पेनाल्टीमा लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । 

फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज चम्किँदा किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके ।

त्यसअघि अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । त्यसपछि  दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि धकेलिएको  अतिरिक्त समयमा  १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए । तर, ११८ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रक पूरा गरेपनि फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकप जिताउन भने सकेनन् ।

May be an image of 1 person, playing a sport, grass and stadium 

Logo