कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते [कार्यतालिकासहित]

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते [कार्यतालिकासहित]

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन गर्न आगामी पुस ६ गते निर्वाचन हुने भएको छ । पार्टीको हालै सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा गठन भएकाे निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । 

कार्यतालिकाअनुसार पुस ४ गते मतदाता नामावली प्रकाशन हुनेछ । त्यस्तै, पुस ५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने कार्यक्रम रहेको छ । 

पुस ५ गते बिहान १०:३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने र पछि उम्मेदवारको दरखास्तउपर दाबी विरोध र उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम उल्लेख छ । मतदानका लागि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेको समय निर्धारण गरिएको छ ।

हेर्नुहोस्, कार्यतालिका- 

No photo description available.

Logo