जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन् ।
सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताएका हुन् । उनले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिवद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताए ।
उनले भने– ‘हामीले भर्खरै किसान आन्दोलन गरेर आएको हुनाले किसानका जुन मुद्दाहरु छ त्यसलाई सम्बोधन हुनुपर्छ । त्यसका साथै खासगरी शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दा जनमत पार्टीले टड्कारो रुपमा उठाइराखेको हुनाले त्यो रातारात त परिवर्तन हुने कुरा होइन । त्यसमा काम गर्ने वातावरण, त्यो क्षेत्रहरुमा सुधार गर्नको लागि काम गर्ने वातावरण बनाइदिने खालको प्रतिवद्धता जायर हुनुप-यो ।’
अध्यक्ष डा. राउतले ठोस रुपमा र इमान्दारितापूर्वक प्रतिवद्धता जायर हुनुपर्ने बताए । उनले वर्तमान सत्तारुढ गठबन्धन प्रति आफूहरु सकारात्मक रहेको बताए ।































प्रतिक्रिया