कोरोना अपडेटः थप दुई जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि

कोरोना अपडेटः थप दुई जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको ज्यान गएको पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको हो ।

ज्यान गुमाउनेहरुमा कास्की र पर्साका २ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षिय वृद्धको साउन २४ गते मृत्यु भएको जानकारी दिए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रमममा मृत्यु भएको थियो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षिय महिलाको २४ गते निधन भएको प्रवक्ता गौतमको भनाइ छ । उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको ज्यान गएको थियो ।

संक्रमितको संख्या कति पुग्यो ?

आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कूल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ९२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमको भनाइ छ ।

देशभर सक्रिय बिरामी कति छन् ?
आइतबारसम्म देशभर ६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये प्रदेश नम्बर १ मा ५ सय ११, प्रदेश नम्बर २ मा ३ हजार ७५, वाग्मती प्रदेशमा ११ सय ३१ र गण्डकी प्रदेशमा २ सय ३७, प्रदेश नम्बर ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ जना रहेका छन् ।

क्वारेन्टाइनमा कति छन् ?
हालसम्म देशभरीका क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् ।

परीक्षणको अवस्था कस्तो छ ?
पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म ४ लाख ४३ हजार ८ सय ४ पीसीआर परीक्षण गरिएको छ ।

कति जना निको भए ?
आइतबार मात्रै ४० जना निको भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको कूल संख्या १६ हजार ३ सय ५३ पुगेको छ ।

Skip This
Skip This
Logo