नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिरामी परेका छन् ।
रूघा खोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएकोले अध्यक्ष नेपाललाई उपचारका लागि आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । उनको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ ।
संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको उनको निजी सचिवालयले जनाएको छ ।





























प्रतिक्रिया