आइएमई दसैँ अफर विजेता तामाङ्गलाई १० लाखकाे चेक हस्तान्तरण

आइएमई दसैँ अफर विजेता तामाङ्गलाई १० लाखकाे चेक हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेका थिए । 

मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । 

Skip This
Skip This
Logo