माधव नेपाललाई भेट्न सँगसँगै अस्पताल पुगे देउवा र प्रचण्ड

माधव नेपाललाई भेट्न सँगसँगै अस्पताल पुगे देउवा र प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगसँगै अस्पताल पुगेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न बुधबार दुवै जना एकसाथ अस्पताल पुगेका छन् । दुवैजनाले अध्यक्ष नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

सरकार गठनको प्रक्रिया सुरु भइसक्दा माधव नेपाल बिरामी परेपछि गठबन्धनका बैठकसमेत प्रभावित हुने देखिएको छ । 

Logo