यसरी मनायो लक्ष्मी ग्रुपले ४९औँ वार्षिकोत्सव

यसरी मनायो लक्ष्मी ग्रुपले ४९औँ वार्षिकोत्सव

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी ग्रुपले ४९औँ बार्षिकोत्सव मनाएको छ । ग्रुपअन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले धाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा शैक्षिक सामग्री सहयोग गर्दै वार्षिकोत्सव मनाएको हो । 

हुन्डाई नेपालले हुन्डाई मोटरको ‘मोबिलिटी’सँग सबैलाई जोड्ने उद्देश्यप्रति ऐक्यबद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ । ‘मोबिलिटी’ सबैको आधारभूत आवश्यकता भन्ने मान्यतासहित कम्पनीले मस्तिष्क घात भएका व्यक्तिहरूलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यहरू गर्दै आएको छ । 

साथै, सेरेब्रल पल्स् सहायता समूहको अहाग्रहमा केन्द्रामा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आबद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ ।

उक्त कार्यशालाको निर्माणले समूहलाई आर्थिक भार घटाउनका साथै आत्मनिर्भर बनाउने विश्वास लिइएको कम्पनीले जनाएको छ । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रूपमा मिठाई उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, ट्रेडिङलगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ । यो समूह आफ्नो व्यापारसँगै संस्थागत सामाजिक उत्तरदायित्वको कार्यहरूमा पनि विश्वास र संलग्नताका लागि लोकप्रिय बनेको कम्पनीको भनाई छ । 

विगत लामो समयदेखि आफ्नो वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वको कार्यहरू गर्दै आएको लक्ष्मी ग्रुपले व्यवसायिक उत्कृष्टता र दीर्घकालिन सहयोगलाई निरन्तरता दिँदै आएको छ । 

Logo