व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या शतप्रतिशतले बृद्धि

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या शतप्रतिशतले बृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत आर्थिक वर्ष २०७६/७७ देखि सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि व्यक्तिगत प्यान लिने शतप्रतिशतले बढेका छन् । सरकारले कुनै व्यवसाय तथा व्यक्तिले समेत स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भने पछि केही समय विरोध भए पनि पछिल्लो समय प्यान लिनेहरु बढ्दै गएका छन् ।

अर्थ मन्त्रालयका अनुसार एक वर्षको अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने शतप्रतिशतले बढेका छन् । व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) लिनेको पनि १६.६७ प्रतिशतले वृद्धि भएको छ । सरकारले कुनै पनि निजी संस्थामा काम गर्ने देखि सामान्य काम गर्ने मानिसहरुले समेत व्यक्तिगत स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था गरेको थियो । सरकारले गत वर्ष यो व्यवस्था कडाइका साथ लागू गर्ने भनिए पनि चालु आर्थिक वर्षदेखि खुकुलो बनाएको छ ।

एक वर्ष भित्रमा नै व्यक्तिगत प्यान लिने एक लाख ९४ हजार १९२ ले बढ्दै अहिले १३ लाख ५८ हजार ९ सय ३४ पुगेका छन् । व्यवसायीक स्थायी लेखा नम्बर (प्यान) लिने ९९.१७ प्रतिशतले बढ्दै १९ लाख ७३ हजार पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्ष सम्ममा स्थायी लेखा नम्बर लिने व्यक्ति तथा संस्थाको संख्या ३३ लाख ३७ हजार पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाता अघिल्लो वर्षको तुलनामा २१.१२ प्रतिशतले र अन्तःशुल्कतर्फ २७.५४ प्रतिशतले वृद्धि भएका छन् ।

करदाताको संख्या बढे पनि राजस्व संकलन भने अघिल्लो वर्षको तुलनामा सुधार हुन सकेको छैन । मन्त्रालयले कोभिड १९ का कारण राजस्व संकलनमा गिरावट आएको जनाएको छ ।

Skip This
Skip This
Logo