‘काँग्रेस र एमाले मिलेर सरकार बनाउनु उपयुक्त’ -सुर्य थापा

‘काँग्रेस र एमाले मिलेर सरकार बनाउनु उपयुक्त’ -सुर्य थापा

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का सांसद सुर्य थापाले काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन् । 

मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरु काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उनको तर्क थियो । बिहीबार प्रतिनिधिसभा सदस्यको सपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भनेर भन्न सकिने अवस्था अझै नरहेको बताए । 

उनले भने, ‘सरकारको नेतृत्वमा को आउनु हुन्छ ?  काँग्रेस आउनु हुन्छ कि माओवादी केन्द्रको आउनु हुन्छ कि । अव ठूला शक्ति भएको हुनाले नेपाली काँग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ ।’ 

उनी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । 

Skip This
Skip This
Logo