ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रालिका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरे ।
समझदारी अनुसार बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरुलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ।
यसबाट कृषि व्यवसाय गरिरहेका ग्रामिण क्षेत्रका कृषकहरुलाई उद्यमी बनाउन पूँजी लगायत प्राविधिक सीप विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, दुग्ध व्यवसायको माध्यमबाट कृषकहरुलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्नेछ।
बैंकले समयसमयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।





























प्रतिक्रिया