मृत्यु आफैमा दु:खद हुन्छ तर कतिपय मृत्यु निकै दुखदायी हुने गर्छ । वीरगन्जकी २० वर्षीया एक महिलाले यसरी नै ज्यान गुमाइन् ।
वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले रिक्सामा राखेर उनलाई अस्पताल पुर्याएका थिए ।
सुरुमा उनलाई आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पुर्याइयो । त्यहाँ भर्ना लिन नमानेपछि नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लगियो । त्यहा पनि भर्ना लिन नमानेपछि नारायणी बयोधा अस्पताल लगियो । तर बयोधाले पनि भर्ना लिएन ।
त्यसपछि उनलाई तराई हस्पिटल हुँदै नेसनल मेडिकल कलेजसम्म लगियो । त्यहाँबाट फेरि वीरगन्ज हेल्थ केयर पुर्याइयो । तर त्यहाँ पनि उनलाई भर्ना लिन मानेन ।
त्यसपछि उनलाई पुन: दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पताल लगियो । दोस्रो पटक भर्ना लिन अस्पताल तयार भए पनि त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
यसरी ज्यान गुमाएका महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।





























प्रतिक्रिया