प्रेम आले किन अनुपस्थित रहे शपथ कार्यक्रममा ?

प्रेम आले किन अनुपस्थित रहे शपथ कार्यक्रममा ?

केन्द्रबिन्दु
0
Shares

बिहीबार सम्पन्न नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले अनुपस्थित भएका छन् । 

आमाको किरियामा रहेकाले आले शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका हुन् । आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमबार निधन भएको थियो । काठमाडौंमा उपचारका क्रममा गंगादेवीको निधन भएको हो । 

अब उनले संसद् बैठकमा सहभागी भएकाे दिन शपथ लिनेछन् । बिहीबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार ज्येष्ठ सदस्य पशुपति शमशेर राणाबाट भएकाे शपथ कार्यक्रममा १७ सांसद् अनुपस्थित रहेका थिए । 

Skip This
Skip This
Logo