नेपाल टि२० लिग फेरि सर्‍याे

नेपाल टि२० लिग फेरि सर्‍याे

केन्द्रबिन्दु
0
Shares

नेपाल टि२० क्रिकेट लिग फेरि सर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको प्रतियोगिता एक दिन पछि सरेको हो ।  

क्यानले प्रतियोगिताका लागि विदेशी खेलाडीको श्रम स्वीकृती नभएको कारण देखाउँदै प्रतियोगिता स्थगित गरेको हो। बिहीबार एक विज्ञप्ति जारी गर्दै क्यानले भनेको छ, ‘नेपाल क्रिकेट संघको आयोजनामा डिसेम्बर २३, २०२२ देखि सञ्चालन हुने तय भएको नेपाल टी२० क्रिकेट लिग प्राविधिक कारणले एक दिन पछि डिसेम्बर २४, २०२२ देखि सञ्चालन हुने ब्यहोरा जानकारी गराइन्छ।’  

साथै क्यानले टि२० लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृतान्त खनाललाई नियुक्त गरेको पनि जानकारी दिएकाे छ ।

Logo