होम आइसोलेसनमा बस्नेहरुका लागि यस्ता छन् मापदण्ड (भिडियोसहित)

होम आइसोलेसनमा बस्नेहरुका लागि यस्ता छन् मापदण्ड (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नु पर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नु पर्ने, उपचार अवधि भरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोषिलो खानेकुरा खानु पर्नेछ । यस्तै आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौैचालयको छुट्टै व्यवस्था मिलाउनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सामुहिक रुपमा शौचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले राम्रोसँग प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ । यस्तै दाँत माझ्ने ब्रस लगायतका सामानहरु बेसिन बाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ । हेरौं भिडियोमा :

Logo