काठमाडौं ।
भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी यूरोपका सबैभन्दा धनाढ्यलाई पछि पर्दै विश्वकै चौथो धनी बनेका छन् । ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार सन् २०२० मा मात्रै उनको सम्पत्तिमा २२ अर्ब डलरको बृद्धि भएर कुल सम्पत्ति ८०.६ अर्ब डलर पुगेको छ ।
उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै चौथो स्थान हात पारेका हुन् । लुई भुटो ब्राण्डका मालिक अर्नाल्ट यो वर्षकै सबैभन्दा धेरै आर्थिक क्षति गुमाउने धनाढ्य पनि हुन् । उनको हाइ इन्ड फेसन ब्राण्ड बिक्रीलाई कोभिड महामारीले प्रभावित बनाएसँगै अर्नाल्डको कम्पनी समस्यामा परेर सन् २०२० मा मात्रै २५.१ डलरको कमी आएर अहिले उनको कुल सम्पत्ति ८०.२ अर्ब डलर रहको छ ।
मुकेशले केही समय अघि मात्र धेरै धनाढ्यहरुलाई पछि पार्दै सूचीमा अग्रता हासिल गर्दै आएका थिए । उनले यस अघि एलन मस्क, बारेन बफेट, सर्गेई ब्रिन तथा ल्यारी पेजलाई जितेर अघि आएका थिए । तर सन् २०२० मा उनको सम्पतिमा कमी आए पछि भारतका मुकेश अम्बानीले पछि पारेका छन् ।
अहिले विश्वका धनीको सूचीमा अमेजनका मालिक जेफ बेजोसको नाम पहिलो नम्बरमा छन् । उनको कुल सम्पत्ति १८७ अर्ब डलर छ । सन् २०२० मा उनको सम्पत्तिमा ७२.१ अर्ब डलरले बृद्धि भएको छ ।
दोस्रो नम्बरमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स छन् । उनको सम्पत्ति १२१ अर्ब डलर रहेको छ । यो वर्ष उनको सम्पत्तिमा ७.५ अर्ब डलरले बृद्धि भएको छ । तेस्रो नम्बरमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग छन् । उनको कुल सम्पत्ति १०२ अर्ब डलर रहेको छ । यो वर्ष मात्रै उनको सम्पत्तिमा २३ अर्ब डलरले बृद्धि भएको छ ।
अधिकांशले प्रयोग गर्ने फेसबुकका मालिक मार्क जुकरबर्ग पहिलो पटक १०० अर्ब डलर क्लबमा प्रवेश गरेका हुन् । चौथो मुकेश अम्बानी भएका छन् भने पाँचौ नम्बरमा बर्नार्ड अर्नाल्टको परिवार रहेको छ । केही समय अघि जियोमा गुगल तथा फेसबुकले धेरै नै ठूलो लगानी गरेको छ । अम्बानीले बिस्तारै आफ्नो ध्यान इकमर्सतिर लगाएका छन् । उनले भारतमा बढिरहको डिजिटल कारोबारको बजार कब्जा गर्ने हिसाबले काम गरिरहेका छन् ।
कोरोना महामारीका कारण तेलको माग घटेपनि मुकेशको रिलायन्स समूहलाई प्रभावित बनाएको थियो । तर कम्पनीको शेयरमा भने दोब्बर उछाल आइसकेको छ । समूहको दूरसंचार कम्पनी जियोमा अर्बौ डलरको लगानी आएपछि रिलायन्स समूहलाई धेरै नै फाइदा भएको हो ।





























प्रतिक्रिया