गोंगबुमा विभत्स शव फेला : सुटकेशमा शरिर, झोलामा टाउको (भिडियाेसहित)

गोंगबुमा विभत्स शव फेला : सुटकेशमा शरिर, झोलामा टाउको (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजधानीको गोंगबु गणेशस्थान नजिकै टाउको काटिएको अवस्थामा एक शव फेला परेको छ। कसैले हत्या गरेर फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

टाउको काटेर शव राखिएको अवस्थामा कालो रंगको सुटकेश फेला परेको थियो । टाउको भने ३ सय मिटर पर झोलामा फेला परेको पनि प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ । तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शवको सनाखत हुन बाँकी छ ।

Skip This
Skip This
Logo