वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभामा निर्वाचित भएका पाण्डेले शपथग्रहण गरेसँगै शुक्रबार हेटौँडा पुगेर प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट पाण्डे पहिलो कार्यकालमै मुख्यमन्त्री बनेका थिए । उनलाई वागमतीले एउटै कार्यकालमा तेस्रो मुख्यमन्त्रीको रुपमा पाएको थियो । त्यसअघि नेकपा एमालेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य बनेका मुख्यमन्त्री थिए । 

एकीकृत समाजवादीका तर्फबाट धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका पाण्डेले ३५ हजार ९३४ मत ल्याएका थिए । एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका भएका थिए । 

Logo