पर्यटनमन्त्री श्रेष्ठलाई प्रश्नः चुनाव हारेपछि पदबाट राजिनामा नगरी किन बसेको ?

पर्यटनमन्त्री श्रेष्ठलाई प्रश्नः चुनाव हारेपछि पदबाट राजिनामा नगरी किन बसेको ?

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन था नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दायित्वबाट पन्छिन नमिल्दा राजिनामा नदिएको बताएका छन् । 

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले चुनाव हारिसकेपछि पदबाट राजिनामा नगरी किन बसेको भन्ने प्रश्नमा उनले सो बताएका हुन् । चुनावमा पराजित भएपछि आफूले राजिनामाका लागि प्रधानमन्त्रीलाई पनि भेटेको तर, नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुनुपर्ने बताएपछि नदिएको उनको भनाई छ । 

‘हामी नैतिकवान हुनुपर्छ त्यसमा कुनै बहस छैन । तर हामी चुनावी सरकारको रुपमा आएकाले हामीले अब बन्ने नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुने हो । यो हाम्रो जिम्मेवारी हो । सबैले नैतिकता भनेर छोडेर हिँड्यो भने त्यो बीचमा पर्नसक्ने समस्यालाई हेरेर हामीले निर्णय लिनुपर्छ । अन्य बेलाको भए त्यसमा बहस हुन्थ्यो । हामीले राजिनामा दिएर हिँड्दा दायित्वबाट पन्छिएको जस्तो हुन्छ ।’ उनले भने ‘मैले हारिसकेपछि राजिनामा दिन्छु भनेर प्रधानमन्त्रीलाई पनि भेटेको थिएँ । तर उहाँले चुनावी सरकारले नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुने हो दायित्व पूरा गर्नुपर्छ भन्नेकुरा गरेपछि नै म बसेको हो ।’

मन्त्री श्रेष्ठले संविधानले पनि साेही परिकल्पना गरेको बताएका छन् । 

Logo