टाटाको मेगा सर्भिस क्याम्प पौष १० देखि १२ गतेसम्म, यी केन्द्रहरुमा चल्ने

टाटाको मेगा सर्भिस क्याम्प पौष १० देखि १२ गतेसम्म, यी केन्द्रहरुमा चल्ने

केन्द्रबिन्दु
0
Shares

टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पौष १० देखि १२ गतेसम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्दैछ। 

कम्पनीका अनुसार यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौँ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी, बाँकी उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी, मेची, बिरगंज, ढल्केबार, हेटौडा, धनगढी, नेपालगंजमा रहेका छन् ।

यस क्याम्पमा टाटाका 'पेसेन्जर' श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ। यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्नेछन। म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश : १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिंग , कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिनेछ। यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था रहेकाे कम्पनीले जनाएकाे छ ।

हाल नेपालमा टाटाका पेसेन्ज श्रेणीका गाडीहरु बजार द्रुत गतिमा विस्तार भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको  कम्पनीले जनाएकाे छ ।

Logo