इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु

इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् ।

तरल पेट्रोलियम ग्यास (एलपीजी) ढुवानी गरेको ट्यांकर शनिबार बिहान अस्पताल र घर नजिकैको पुलमुनि विस्फोट भएको थियो । ‘ पुलमुनि ट्यांकर फसेको भन्ने फोन पायौं। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो ।  दुर्भाग्यवश, ट्याङ्कर विस्फोट भयो’, उक्त क्षेत्रका आपतकालीन सेवाका प्रवक्ता विलियम एनटलाडीले भने । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

एजेन्सी

Skip This
Skip This
Logo