नयाँ सरकार बनेपछि बालेनको प्रतिक्रिया- ‘राजा फर्काउँछु र मार्छु भन्नेहरु एकै ठाउँमा’

नयाँ सरकार बनेपछि बालेनको प्रतिक्रिया- ‘राजा फर्काउँछु र मार्छु भन्नेहरु एकै ठाउँमा’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नयाँ सरकार गठनमा भएको राजनीतिको कटाक्ष गरेका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ४४औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएसँगै मेयर साहले सामाजिक सञ्जालमार्फत राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका हुन् । प्रजा भने सधैँ सास्तीमा रहेको उनको भनाई छ । 

माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायत स्वतन्त्र सांसद्सहित १७० जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । 

Skip This
Skip This
Logo