महामन्त्री शर्माको टिप्पणीः ‘कांग्रेस एम्बाप्पे बन्यो, कप चाहिँ अर्कैले लग्यो’

महामन्त्री शर्माको टिप्पणीः ‘कांग्रेस एम्बाप्पे बन्यो, कप चाहिँ अर्कैले लग्यो’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत निर्वाचनमा आफूहरुले धेरै सिटमा जित हासिल गरे पनि नेतृत्वमा बाजी भने अर्कैले मारेको बताएका छन् । 

पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलमा सहभागी हुँदै महामन्त्री शर्माले आफूहरु विश्वकप फुटबलको प्रसंगमा फ्रान्सका उदाउँदा युवा खेलाडी एम्बाप्पे भएको तर, कप भने अर्कैले उठाएको टिप्पणी गरेका हुन् ।  ‘गएको मंसिर ४ को चुनावमा सबभन्दा बढी सिट कांग्रेसले जित्यो । भयो के भने एम्बाप्पेले विश्वकप फुटबलमा सबभन्दा बढी गोल हान्यो, गोल्डेन बल पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो ।’ उनले भने ।  

साथै महामन्त्री शर्माले अहिले जे नहुनुपर्ने पर्ने काम भएको भन्ने लागेकाे तर, कोही बेला भने याे कांग्रेसका लागि यो टर्निङ पोइन्ट हाे र जे भयो ठिकै भयो भन्ने पनि लागेको बताएका छन् । अबको पाँच वर्षपछि अहिलेको च्याम्पियनलाई डिफेन्डिङ च्याम्पियन बनाउने पनि उनको दाबी छ । 

Logo