सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा मन्त्रालय भागबन्डाबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि पहिलोपटक नयाँ सत्ता गठबन्धनको बैठक बसेको हो ।
बैठकमा नवनियुक्त प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिग्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरूकाे उपस्थिति छ ।
प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ। सो क्रममा माओवादीबाट नारायणकाजी श्रेष्ठ र एमालेबाट विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित मन्त्रीको शपथ लिने पनि बताइएको छ ।





























प्रतिक्रिया