अर्थतन्त्र सुधारोन्मुख अवस्थामा -अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा -अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । 

सोमवार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सूचकहरुमा सुधार भएकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका हुन् । उनले पछिल्लो एक वर्षमा रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको भन्दै त्यसका सुधार हुँदै आएको बताए । 

अर्थमन्त्री शर्माले वाह्य कारणले नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको बताए । उनले आयातमा प्रतिवन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने उनले चाप रहेको बताए । राजश्व कमी हुँदा चुनौति यथावत रहेको उनले बताए । 

अर्थमन्त्री शर्माले वित्त र मौद्रिक नीतिबीच सन्तुलन चाहिने बताए । उनले ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बजारमा देखिएको समस्या समाधान गरी चलायमान गरी ऋण प्रवाह आवश्यक रहेको बताए । उनले शोधनान्तर स्थिति २० अर्बले वचतमा रहेको जानकारी गराउँदै विप्रेषण आप्रवाहमा समेत सुधार भएको बताए । विदेशी मुद्राको सञ्चितिमा समेत सुधार भएकाले बताए । 
 
अब सरकारको पुँजीगत खर्च बढ्ने उनले बताए । उनले चुनाव लगायतका कारण पुँजीगत खर्च धेरै नभए पनि अब बढ्ने दाबी गरे । १ खर्ब रुपैयाँ बराबरको विभिन्न परियोजनाहरुको टेन्डर भइसकेको उनले बताए । 

मन्त्री शर्माले  सरकारले ४ खर्ब बराबरको भुक्तानी गर्ने दायित्व बाँकी रहेको बताए । उनले भुक्तानी गर्ने दायित्व सबै प्रक्रिया शुरु भएकाले पनि पुँजीगत खर्च बढ्ने बताए । चालु आर्थिक वर्षको ६ महिनामा कुल खर्च २५.२६ प्रतिशत जसमा चालु खर्च ३१.७४ प्रतिशत र पुँजीगत १०.१७ प्रतिशत भएको उनले बताए । 
 
अर्थमन्त्री शर्माले आर्थिक ०७९/०८० को बजेटमा धेरै विषय अगाडि सारिएको बताउँदै नेपालको कृषि क्षेत्रको रुपान्तरणमा विशेष जोड दिइएको बताए । अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर बजेटमा सोहीअनुसार ध्यान दिएको उनले दाबी गरे । 

Skip This
Skip This
Logo