प्रचण्डलाई बधाई दिएलगत्तै निस्किए देउवा, मन्त्रीको सपथमा बसेनन्

प्रचण्डलाई बधाई दिएलगत्तै निस्किए देउवा, मन्त्रीको सपथमा बसेनन्

केन्द्रबिन्दु
0
Shares

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । 

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण कार्यक्रममा पुगेका देउवाले प्रचण्डसँग हात मिलाएर बधाई दिएका थिए । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराए लगत्तै देउवा समारोह सञ्चालन भइरहेको स्थानबाट बाहिरिएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीको सपथसम्म उनी बसेनन् । 

तर, निवर्तमान प्रधानमन्त्री देउवाले राजनीतिमा एउटा सन्देश भने दिएका छन् । यसअघि दुई निवर्तमान प्रधानमन्त्री नवनियुक्त प्रधानमन्त्रीको शपथमा उपस्थित भएका थिएनन् । तर पाँच दलिय गठबन्धन भत्काएर नयाँ गठबन्धनका साथ प्रधानमन्त्री बनेका प्रचण्डको सपथमा देउवा भने उपस्थित भए । यसअघि २०७८ असार २९ गते प्रधानमन्त्री देउवाले सपथ लिँदा केपी ओली गएका थिएनन् । साथै २०६६ जेठमा सालमा माधव नेपालले सपथ लिँदा समेत तत्कालीन प्रधानमन्त्री प्रचण्ड सहभागी थिएनन्।

Logo