कर्णालीका हिमाली जिल्लामा उडान थप

कर्णालीका हिमाली जिल्लामा उडान थप

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ।

सरकारी स्वामित्वको निगमले कर्णालीका चार र सुदूरपश्चिमको एक गरी पाँच जिल्लामा उडान थप गरेको हो। निगमको क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दो सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताए। हुम्ला जिल्ला हालसम्म सडक यातायात नजोडिएको जिल्ला हो। हुम्लाको सिमकोटमा सातामा दुई उडान भइरहेकामा एक उडान थप गरिएको छ।

सिमकोटका लागि आइतबार, सोमबार र मङ्गलबार उडान हुनेछ। अन्य चार जिल्लामा सातामा एक उडान भइरहेकामा अब दुई उडान हुनेछन्। नेपालगञ्जबाट जुम्ला सोमबार र मङ्गलबार, मुगुको ताल्चा आइतबार र मङ्गलबार, डोल्पाको जुफालमा सोमबार र बुधबार तथा बाजुराको कोल्टी विमानस्थलमा सोमबार र बुधबार उडान हुने श्रेष्ठले जानकारी दिए। यसअघि निगमको जहाज सामा एक रात नेपालगञ्जमा रहँदै आएकामा अहिले भने तीन दिन बस्दै आएको छ।   

Skip This
Skip This
Logo