ललितपुर ।
कोरोना संक्रमण (कोभिड -१९) फैलिरहेकाले यस वर्ष पाटनको कृष्णमन्दिर बन्द रहने भएको छ ।
ललितपुर महानगरपालिका र मंगलटोल मंगलबजारले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्दिर बन्द रहने जानकारी दिएका हुन् । प्रत्येक वर्ष भव्य रुपमा मनाइने श्रीकृष्ण जन्माष्टमी यस वर्ष साउन २७ गते मंगलबार परेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘श्रीकृष्ण जन्माष्टमीको पावन दिनमा सम्पूर्ण भक्तजनहरुलाई आफ्नै घरमा भगवान् श्रीकृष्णको पूजा अर्चना गरी परम्परालाई निरन्तरता दिन हुन अनुरोध गर्दछौं । ’ कोरोनाका कारण अधिकांश मन्दिर बन्द छन् ।































प्रतिक्रिया