नेपाल टी-२० लिगः जनकपुरमाथि काठमाडौंको जित

नेपाल टी-२० लिगः जनकपुरमाथि काठमाडौंको जित

केन्द्रबिन्दु
0
Shares

नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा काठमाडौं नाइट्सले जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुर रोयल्समाथि काठमाडौंले ५३ रनको जित निकालेको हो । 

२ सय ९ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा अलआउट हुँदै १५५ रनमै समेटिएको हो । जनकपुरका लागि समिउल्लाह सिन्वारीले सर्वाधिक २९ रन जोडे भने सन्दीप जोराले २६ रन तथा पवन सर्वाफले २४ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङतर्फ काठमाडौंका आजमतुल्लाह ओमरजाईले ३ विकेट लिए भने बसिर अहमदले २ विकेट तथा कमलसिंह ऐरी, अविनाश बोहरा, अनिल खरेल र सुनाम गौतमले एकएक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले विष्फोटिङ ब्याटिङ गरे । उनले सर्वाधिक ८३ रन जोडे । साथै ओपनर विरनदीप सिंहले ४९ रन बनाए । आजमतुल्लाह ओमरजाईले नटआउट ४३ रन जोडे । 

बलिङतर्फ जनकपुरका पवन सरार्फले २ विकेट लिए भने सोमपाल कामी, जितेन्द्र मुखिया, सराफुद्धिन अशरफ र मोहम्मद आदिल आलमले एक एक विकेट लिए ।

जितसँगै काठमाडौं ३ खेलमध्ये २ मा जित र एकमा हारसहित ४ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जनकपुर पनि समान ४ अंकसहित तेस्रो स्थानमा छ । ३ खेलमा शतप्रतिशत जितसहित लुम्बिीनी अलस्टार्स ६ अंकको साथ शिर्ष स्थानमा छ । 

Skip This
Skip This
Logo