बिगत तीन बर्षदेखि आयात मात्र हुँदै आएको रसुवागढी नाकाबाट निर्यात सुरु भएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट कोभिड १९ को संक्रमण हुनुभन्दा अघिदेखि नै निर्यात ठप्प रहेकोमा तीन बर्ष पछि निर्यात सुरु भएको हो। हिजो छ वटा नेपाली कन्टेनरमा राखिएका नेपाली बस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीहरुमा बिशेष त तामाका हस्तकलाका समाग्रीहरु तीनवटा चीनीयाँ गाडीमा राखेर पठाईएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीले बताए। निर्यात हुन लागेपछि यस नाकाबाट हुने ब्यापार घाटा केहि कम हुने उनको भनाई छ।
रसुवा भन्सार कार्यालयका अनुसार नेपाली समाग्रीमध्ये खाद्य बस्तुहरुमा नेपाली भाषामा र केहि समाग्रीहरुमा अंग्रेजी भाषामा मात्र लेबललिङ गरिएको भन्दै चीनीयाँ पक्षले समाग्री लैजान रोक लगाएका थिए। चीनबाट इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री र फलफूल आयात हुँदै आएको छ भने त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो तथा हस्तकलामा आधारित बिभिन्न समाग्रीहरु चीनतर्फ निर्यात हुने गरेको थियो। निर्यात सुरु भएसँगै यस नाकाबाट निर्यातमा संलग्न ब्यबसायीहरु पनि खुसी भएका छन्। तर यस नाकाबाट मानिसको आवतजावत भने तत्काल नहुने बताईएको छ।





























प्रतिक्रिया