शेखर पक्षका शीर्ष नेताको बैठक जारी

शेखर पक्षका शीर्ष नेताको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदीय दल निर्वाचनको समीक्षा र आगामी केन्द्रीय समिति बैठकका रणनीतिबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कोइराला पक्षबाट कांग्रेस महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरेका थिए । तर थापा ३९ मत अन्तरले पराजित भए । लगत्तै कांग्रेस नेतृत्वको गठबन्धनबाट माओवादी अलग भएर एमालेसँग मिेर सरकारको नेतृत्व गरेको छ । गठबन्धन जोगाउन नसकेको भनेर कोइराला, थापा लगायतका नेताहरुले देउवाको आलोचना गर्दै आएका छन् ।

नेपाली कांग्रेसले आगामी २२ गते पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।सो बैठकमा उठाउने एजेन्डाबारे कोइराला पक्षमा आन्तरिक छलफल भइरहेको छ । बैठकमा शेखरसहित गगन थापा, धनराज गुरुङ, जीवन परियार, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारी, सरिता प्रसाईं, हृदयराम थानी, दीपक गिरीलगायतको सहभागीता रहेको छ  ।  

Logo