आरआर क्याम्पसमा खुकुरी प्रहार हुदाँ दुईजना घाइते

आरआर क्याम्पसमा खुकुरी प्रहार हुदाँ दुईजना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा बुधबार बिहान खुकुरी प्रहार भएको छ ।

विद्यार्थी संगठनका नेताबीच झडप हुँदा खुकुरी प्रहार भएको हो । के विषयमा झगडा भएको स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए । काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीका अनुसार झडपमा परी दुईजना घाइते भएका छन् । “दुई जना घाइते भएका छन् । भलिबल खेल्दा दुई पक्षबीच झडप भएको बुझिएको छ । केहीलाई नियन्त्रणमा लिएका छौँ,” एसपी मैनालीले भने । उनका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

Logo