नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।
बुधबार दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई १० मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । संस्थापन पक्षका पाण्डेले १८ मत पाउँदा इतर पक्षका अर्यालले ८ मत मात्रै ल्याए । साथै एक मत बदर भएको बताइएको छ । पाण्डे गोरखा २ (ख) बाट निर्वाचित भएका हुन् भने अर्याल स्याङ्जा २ (क) बाट निर्वाचित भएका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरेर नेपाली कांग्रेसका २७ सांसद छन्। प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकमा नौ सिट पाएको छ।































प्रतिक्रिया