बालुवाटारको साँचो प्रचण्डपुत्री गंगा दाहालको हातमा

बालुवाटारको साँचो प्रचण्डपुत्री गंगा दाहालको हातमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड आज साँझ ज्योतिषले निकालेको शुभ साइतमा सरकारी निवास प्रवेश गरेका हुन् । 

बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् । बूढानीलकण्ठमा रहेको निजी निवास मर्मतको काम चलिरहेकाले उनी भाडाको घरमा सरेका हुन् ।

Logo