नेपाल टी–ट्वान्टी लिगः आज पनि दुई खेल हुदै

नेपाल टी–ट्वान्टी लिगः आज पनि दुई खेल हुदै

केन्द्रबिन्दु
0
Shares

नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेलहरु हुँदैछन् ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । बिहिबार हुने पहिलो तथा प्रतियोगिताको एघारौं खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्सबीच खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । तीन खेल खेलेको विराटनगरले पहिलो जितका साथ अंक तालिकाको चौंथो स्थानमा रहेको छ । विराटनगर आज दोस्रो जितको खोजीमा रहेको छ । चार खेल खेलेर अंक विहीन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा ४ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ । यसै संस्करणको पहिलो भेटमा बुधबार विराटनगरले पोखरालाई ६ विकेटले पराजित गरेको थियो ।

आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ। पहिलो र दोस्रो खेल जितेको जनकपुर तेस्रो खेलमा भने पराजित भएको थियो । जनकपुर चौंथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । तीन खेल खेलेर १ जित हात पारेको फार वेस्ट चौंथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । फार वेस्ट ३ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

Logo