आहा रारा गोल्डकप आजबाट सुरुः उद्घाटन खेलमा सहारा र धरान भिड्दै

आहा रारा गोल्डकप आजबाट सुरुः उद्घाटन खेलमा सहारा र धरान भिड्दै

केन्द्रबिन्दु
0
Shares

आहा रारा पोखरा गोल्डकपको २२ औँ संस्करण पोखरा रंगशालामा बिहिबारदेखि सुरु हुँदैछ।

फुटबल खेलको विकासका लागि मोफसलको महत्त्वपूर्ण खेलका रूपमा लिने गरिएको आहा रारा पोखरा गोल्डकपको यो संस्करणको उद्घाटन खेल बिहीबार दिउँसो दुई बजे हुँदैछ। १० टोली सम्मिलित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लबबिच प्रतिस्पर्धा हुदैछ । उद्घाटन खेल दुई बजेबाट सुरु हुने भए पनि गोल्डकपको औपचारिक कार्यक्रम भने साढे १ बजे पोखरा रंगशालामा नै हुनेछ। उद्घाटन सत्रमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य सहभागी हुँदै छन्।

पुस २३ गतेसम्म हुने प्रतिस्पर्धामा सङ्कटा क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च बोइज युनाइटेड फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, भुटानिज युथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिका तथा विभागीय क्लबहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब पनि भिड्दै छन्।

यो पटकको संस्करणमा पुरस्कार राशिमा विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रूपैयाँ नगद वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ नगद प्राप्त गर्ने छन्। गत वर्षको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको थियो भने मनाङ मर्स्याङ्दी क्लब उपविजेता भएको थियो । 

Logo