साताको पाचौँ कारोबार दिन बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ।
बुधबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने बुधबारको दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख १ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो।































प्रतिक्रिया